७ वैशाख, जनकपुर।
निर्वाचनको कार्यक्रम विथोल्न गएका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका १३ जना जिल्ला स्तरीय नेतालाई जनकपुरमा प्रहरीले आज पक्राउ गरेको छ ।

डिभिजन सडक विभागको प्रांगणमा रहेको ग्रामिण प्रशिक्षण केन्द्रमा कार्यक्रम भइरहेको बेला नारावाजी गर्दै मोर्चाका नेताहरु पुगेर कार्यक्रम विथोलेपछि पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा परमेश्वर साह, संजय सिंह, सतिशकुमार दास, प्रमोद यादव, रामरतन यादव, रामपुकार यादव, सुमनकान्त ठाकुर, हरिनारायण यादव, उदय सिंह, शिलाकान्त झा, रामचन्द्र साह, प्रदीप सिंह र सीताराम यादव रहेका छन ।

पक्राउ गर्ने क्रममा सशस्त्र प्रहरीले दुर्व्यवहार गरेको राष्ट्रिय जनता पार्टीका नेता सतिशलाल दासले आरोप लगाएका छन । पक्राउ परेका नेताहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।