५ मंसिर, काठमाडौं । निर्वाचन विरोधी गतिविधि नियन्त्रणका लागि आक्रामक रुपमा खटिएको प्रहरीले रुपन्देहीमा पत्रकार पनि पक्राउ गरेको छ ।

पत्रकार महासंघ रुपन्देहीका जिल्ला कार्यसमिति सदस्य डुम्रे प्रकाश र पूर्व कोषाध्यक्ष दीपक विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरु दुवै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग सम्वद्ध पत्रकार संगठनमा आवद्ध रहेको र चुनाव बिथोल्ने गतिविधिमा संलग्न भएको आशंकामा नियन्त्रणमा लिइएको इलाका प्हरी कार्यालय बुटवलका प्रमुख डिएसपी पवन भट्टराईले जानकारी दिए ।

उम्मेदवार लक्षित आक्रमणका घटना बढेपछि प्रहरीले निर्वाचन विरोधी गतिविधि गर्नेविरुद्ध कडा कदम अघि बढाएको छ ।