२१ साउन, विराटनगर । नेपालस्थित जापानी राजदूत मासासी ओगावाले नेपालमा २० वर्षपछि स्थानीय निर्वाचन सहज ढंगले सम्पन्न भएकामा खुशी व्यक्त गरेका छन ।

विराटनगर महानगरपालिकाद्वारा आज विराटनगरमा आयोजित कार्यक्रममा उनले नेपालमा नयाँ संविधान जारी भएको र यसको कार्यान्वयनबाट नेपालीलाई समृद्ध बनाउने विश्वास व्यक्त गरे ।

जापान र नेपालबीच घनिष्ठ सम्बन्ध रहेको प्रसङ्ग उल्लेख गर्दै राजदूत ओगावाले नेपालको दोस्रो ठूलो सहर विराटनगरको विकासका लागि केही गरौँ भन्ने सोचाइ रहेको जानकारी गराए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नेपाल र जापानबीच सांस्कृतिक सम्बन्ध पनि रहेको चर्चा गर्दै विराटनगरमा खानेपानीको समस्या रहेको र यो समस्यालाई समाधानका लागि जापान सरकारको सहयोग आवश्यक रहेको बताए ।

सांसद डा नारायण खड्काले जापानले नेपालको विकासमा ठूलो साझेदारीको भूमिका निर्वाह गरेको बताए । रासस