dev gurung३२ साउन, बुटवल । नेकपा–माओवादीका सचिव देव गुरुडले वर्तमान सरकारले सहमतिबिना जबर्जस्ती चुनाव गराए आफूहरूलाई मान्य नहुने बताएका छन्।

रूपन्देहीको बाँसगढीमा आज सहिद तथा बेपत्ता स्मृति द्वारको उद्घाटन गर्दै नेता गुरुङले अहिलेको अवस्थामा कुनै पनि हालतमा चुनाव गराउनै नहुने जिकिर गर्दै उनले गोलमेच सम्मेलनबाट मात्र समस्याको समाधान निकाल्न सकिने बताए ।

उनले गैरदलीय सरकारले ३३ दललाई पाखा लगाएर चुनाव गराउनै नसक्ने जिकिरसमेत गरे।

उनले चार दल र सरकार सहमतिको बाधक रहेको आरोप लगाउँदै गोलमेच सभाबाट देशलाई निकास दिनुको अर्को विकल्प नरहेको बताए ।

सहिद दुर्गा पाण्डे र युवराज पाण्डेकी आमा तुलसा पाण्डेको विशेष पहल र स्थानीयवासीको सहयोगमा तीन लाख रुपैयाँको लागतमा उक्त द्वार निर्माण गरिएको हो । रासस