२७ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्पष्ट नीति नभएकाले पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक विदा दिन नसकिएको बताएका छन् ।

फाइल तस्बिर

फाइल तस्बिर

राप्रपाले पृथ्वी जयन्तीका अवसरमा काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । त्यसैले आजै बसेको मन्त्री परिषद बैठकले सार्वजनिक विदा समीक्षाका लागि आफूले समिति निर्माण गरेको जानकारी दिए ।

ओलीले भने, ‘माओवादीका कारण विदा दिन सकिएन’

०६२/०६३ को आन्दोलनपछि विदाको स्पष्ट नीति नबनेको बताउँदै प्रचण्डले भने, ‘कुन दिनमा विदा दिनु उचित छ र कुनलाई उचित छैन भन्ने अध्ययन गरेर प्रतिवेदन पेश गर्न आजैको क्याबिनेटले समिति बनाएको छ ।’