२४ भदौ, काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका ७ थानाभञ्ज्याङमा यात्रुबहाक बस दुर्घटना भएको छ ।

शनिबार काठमाडौंबाट नुवाकोटको खरानीटार जाँदै गरेको बा १ ख ६३४८ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको स्थानीयवासीले बताएका छन ।मृत्यु भएकाहरुको संख्या अझै बढ्न सक्ने बताईएको छ ।

दुर्घटनामा एक दर्जन बढि घाइते भएको जनाइएको छ । प्रहरी घटनास्थल सम्म पुगिनसकेको हुनाले घटनाबारे थप विवरण आउन बाँकी छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारीले मृत्यु हुनेको संख्या ८ पुुगेको बताएका छन ।

दुर्घटनाका घाईतेहरुको राजधानीको ग्रीनसीटि अस्पतालमा उपचार भैरहेको छ ।