७ जेठ, काठमाडौं ।
नुवाकोट भन्नासाथ कांग्रेस नेताको किल्ला भनेर चिनिन्छ-बुझिन्छ । नेपालको इतिहासमैं धेरैपटक अर्थमन्त्री भएका डा. रामशरण महत मात्रै होइन, शक्तिमा खेल्न सिपालु अर्जुनरसिंह केसी, अर्का नेता डा. प्रकाशशरण महत पनि नुवाकोटबाटै प्रतिनिधित्व गर्छन् ।

तर, अफसोच दाजुभाइ महतकै गाउँपालिकामा कांग्रेस पराजित हुन पुगेको छ । पन्चकन्याबाट गाउँपालिका प्रमुखमा कांग्रेसबाट उठेका रामेश्वर थापा डा. महतका स्वकीय सचिव हुन् । तर, उनलाई माओवादीका तेजमबहादुर तामाङले कांग्रेसका थापालाई १०८ मतले पराजित गरेका हुन् ।

कांग्रेसका दुई प्रभावशाली नेता भएकोले पनि माओवादी जितिदिएपछि महत दाजुभाइको आलोचना सुरु हुन थालेको छ । गाउँपालिकाको उपाध्यक्षमा भने भने कांग्रेसकै सीता खड्का विजयी भएकी छिन् । उनले २ हजार सात सय ९३ मत प्राप्त गरिन् । वडा अध्यक्षमा पनि माओवादीले ३ जित्दा, कांग्रेस र माओवादीले एकएकमा जितेका छन् ।

उता, नुवाकोटकै विदुर नगरपालिकामा पनि कांग्रेस एमालेसँग पराजित हुन पुगेको छ । पार्टीमा घात भएकै कारण प्रमुख गुमाउनुपरेको र वडामासमेत कांग्रेस पराजित भएपछि नुवाकोट कांग्रेसमा आरोपप्रत्यारोप सुरु भएको छ । नेता कार्यकर्ताहरु ‘सूर्यमुखी कांग्रेस’का कारण हार बेहोर्नुपरेको भन्दै घातीहरुलाई कारवाहीको माग गरिरहेका छन् ।

यो पढ्नुस्।

वालुवाटारमा प्रचण्डलाई देउवाको प्रश्न–राजिनामा कहिले दिने हो ?