७ माघ, नुवाकोट ।

स्थानीय निकाय पुनर्सरचनाको विरोधमा रहेका नुवाकोटको पुर्वि भेगका स्थानीयवासी र प्रहरी विचमा शुक्रवार झडप भएको छ । विरोध प्रदर्शनका क्रममा सदरमुकाम विदुरस्थित जिल्ला विकास समिति कार्यालय आईपुगेका पुर्वि भेगका स्थानीय र प्रहरी विचमा झडप भएको हो ।

झडपलाई नियन्त्रण गर्न प्रहरीले डेढ दर्जन बढि सेल अश्रुग्यास केहि रवरको गोली प्रयोग गरेको छ । झडप, अश्रुग्यास र रवरको गोलीबाट एक दर्जनभन्दा बढि आन्दोलनकारी र आधा दर्जन बढि प्रहरी घाईते भएका छन् ।

nuwakot-jhadap-1

जिल्ला तहवाट गएको सिफारिस विपरित स्थानीय तह पुनर्सरचना आयोगले नयाँ ढंगले गाविस समायोजन र सिमा निर्धारण गरेको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।

nuwakot-jhadap-4

आयोगले जिल्लाबाट प्रस्तावित लिखु गाउँपालिका हटाएको विरोधमा उनीहरुले पाँच दिन अघि देखि चरणवद्ध आन्दोलन गर्दै आएका हुन् । स्थानीय तह पुनसंरचना आयोगले जिल्लाबाट प्रस्तावित लिखु गाउँपालिका हटाएको विरोधमा यहाँका स्थानीयले जिल्लावाट काठमाडौं प्रवेशको छोटो मार्ग गंगटे–छहरे–टोखा सडक खण्डमा अवरोध गर्दै आएका हुन् ।

nuwakot-jhadap-2