नुहाउने क्रममा दुई बालकको डुबेर मृत्यु

 

७ साउन, कैलाली । कान्द्रा नदीमा नुहाउने क्रममा शुक्रबार अपराह्न दुई बालकको डुबेर मृत्यु गएको छ ।

नदीमा नुहाउन गएका घोडाघोडी नगरपालिका–१० का १५ वर्षीय सुरेशसिंह कठायत र बझाङ मष्टा घर भई घोडाघोडी नगरपालिकास्थित मामा घर आएका १८ वर्षीय सुरेश धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।