२१ साउन, एजेन्सी ।

नेइमारले फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मन ‘पिएसजी’ बाट लिगको पहिलो खेल खेल्न नपाउने भएका छन् ।

ब्राजिलियन खेलाडी नेइमारले पिएसजीमा अनुबन्धित भएको कागजात पेश गर्न नसकेकाले आज बेलुकी हुने लिग वान अन्तर्गतको पहिलो खेलमा सहभागि हुन नपाउने भएका हुन ।

उनी केही दिनअघि कीर्तिमानी मूल्य २० करोड पाउण्डमा बार्सिलोनाबाट पिएसजी गएका थिए । तर शुक्रबार मध्यरातसम्म अनुबन्धको प्रमाण पत्र लिग वानको कार्यालयमा पेश नगरेकाले उनी आज राती हुने एमिएन्ससँगको खेलमा खेल्न नपाउने भएका हुन् ।

नेइमार रंगशालमा समर्थकको रुपमा भने रहने बताइएको छ ।