काठमाडौं, २१ जेठ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक विना निश्कर्ष सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा ७७ जिल्लाका इन्चार्ज र सहइन्चार्जबारे कुराकानी भएपनि अन्तिम निर्णय हुन सकेन । बैठक भोली दिउँसो फेरि बस्ने गरी स्थगित भएको सचिवालय सदस्य नेकपाका बरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।

‘आज प्रस्ताव पेश भएको छ त्यसलाई भोली थप छलफल गरेर टुंगो लगाउने निर्णय भएको छ ।’ खनालले भने ।पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टीका दुई अध्यक्षबीच प्रधानमन्त्री आलोपालो गर्ने विषयमा बैठकमा कुनै पनि छलफल भएन ।