१० फागुन, काठमाडौं । उच्च ज्वरो आएपछि नेकपा (माओवादी केन्द्र)का नेता एवम् पूर्व अर्थमन्त्री वर्षमान पुन अस्पताल भर्ना भएका छन ।

उच्च ज्वरो आएपछि उनलाई धापासीस्थित ग्रान्डी अस्पताल भर्ना गरिएको हो । नेता पुन हाल नर्सिङ केयरमा रहेका उनको परिवारले जनाएको छ ।

barsaman pun 2

गत वर्ष जन्डिस बिग्रिएपछि उनको उपचार थाइल्यान्डको बैंककमा गरिएको थियो ।