एजेन्सी । नेदरल्याण्ड्सका कप्तान आर्जेन रोबिनका फ्यानलाई दुखद खबर छ । उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।

आगामी विश्वकपमा छनौट हुन नसकेपछि रोबिनले गएराति स्विडेनसँगको खेल सकेर सन्यासको घोषणा गरेका हुन् । स्वीडेनलाई २–० ले हराउँदा दुबै गोल रोबिनले नै गरे ।

सन् २०१४ को विश्वकपमा तेस्रो स्थान जितेको नेदरल्याण्ड्स अगामी विश्वकप खेल्नका लागि प्लेअफमा समेत अटाउन सकेन । आफ्नो यो निर्णय सहज नभएको भन्दै रोबिनले अब आफ्नो ध्यान पूर्णरुपमा क्लबमा लगाउने बताएका छन् । उनी जर्मन क्लब वार्यन म्युनिखबाट व्यवसायिक फुटबल खेल्दै आएका छन् ।