५ कात्तिक, काठमाडौँ।
गणतन्त्र कोरियाले नेपाल सरकारले अघि सारेका सामाजिक एवम् आर्थिक विकासका प्रयास र प्राथमिकतामा निरन्तर सहयोग गर्ने तत्परता व्यक्त गरेको छ ।nepal-koreadd-5456219

परराष्ट्र मन्त्रालयमा आज भएको नेपाल–कोरिया तेस्रो परामर्श बैठकमा कोरियाली पक्षबाट सहायताको तत्परता अभिव्यक्त भएको हो । बैठकमा दुवै मुलुकले विभिन्न तहमा पारस्परिक सम्पर्क विस्तार, रोजगारी अनुमति प्रणालीमा सुदृढीकरण, पर्यटन प्रवद्र्धन, वाणिज्य–व्यापार अभिवृद्धिका साथै आपसी हितका विषयमा क्षेत्रीय एवम् अन्तर्राष्ट्रियस्तरमा सहकार्य गर्ने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकमा कोरियाली पक्षको नेतृत्व दक्षिण एसियाका लागि त्यहाँको विदेश मन्त्रालयका महानिर्देशक र्यो जोङ–ह्युन र नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव झविन्द्रप्रसाद अर्यालले गरेका थिए । रासस