११ फागुन, एजेन्सी।

अन्जली लामा, नेपालकी पहिलो ट्रान्सजेन्डर मोडल हुन।

बीबीसीले अन्जली लामाको बारेमा एक खबर प्रकाशित गरेको छ।

बीबीसी लेख्छ, यो ठाउँसम्म आइपुग्न उनले एक-दुई होइन पुरै ८ वर्ष संघर्ष गरिन, हरेक असफलताले उनको हौसला बढायो।

उनले बीबीसीसंग भनिन, ‘मैले मोडलिङ त २००९ मा नै सुरु गरेकी थिए, धेरै ठाउँमा अडिसन पनि दिए तर कतै छानिन सकिन। मान्छेहरु मलाई ट्रान्सजेन्डर भन्थे, तर मैले हिम्मत हारिन।’

अन्जलीको लगातार कोसिसले अन्तत: बाटो खोल्यो। पहिले त उनले सानो-तिनो मोडलिङको काम पाइन र हालै भारतको एक टप फेसन शोमा हिस्सा लिने मौका पाइन।

तर यो सबै त्यहि सजिलो पनि थिएन। अन्जली आफ्नो अनुभवबारे भन्छिन्, ‘सानोमा मलाई केटीहरुको लुगा लगाउन मन पर्थ्यो। स्कुलमा शोषणको शिकार भए। मेरो साथी अनि टिचर भन्थे, केटा भएर केटी जस्तो गर्छ। म सोच्थे कि के गरुँ, आफुलाई बदल्ने कोसिस पनि गरे तर त्यो हुन सकेन।’

अनि फेरि एक दिन अन्जलीले जब ट्रान्सजेन्डरहरु देखिन तब उनलाई आफ्नो पहिचान थाहा भयो। उनले जब घरमा यो कुरा भनिन तब ‘मेरो भाइले आज देखि घर नआइज भन्यो।’

अन्जली ट्रान्सजेन्डरहरुसंग अपील गर्छिन्, ‘आफ्न पहिचान नलुकाउनुस्, अगाडी आउनुस्। परिवारसंग लड्नुस्, समाज संग लड्नुस्। एक दुई दिन गाह्रो हुन्छ, तर पछि सबै ठिक हुनेछ। तपाई जे गर्न चाहनुहुन्छ, गर्नुस्। तपाइलाई खुसी लाग्नेछ र तपाई जहाँ पुग्न चाहनुहुन्थ्यो, त्यहाँ पुग्न सक्नुहुनेछ।’