१५ असार, काठमाडौं ।
पाँच उमेद्बारबीच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ ।
एमालेका प्रमुख पदका उमेद्बार समसुद्धिन सिद्दिकीले १ सय ३७ मत प्राप्त गरेका छन् ।

काँग्रेसका सुरेश कनौडियाले १सय २२, राप्रपाका धवल सम्सेर राणाले ८७ र माओवादी केन्द्रका दामोदर आचार्यले ५७मत ल्याएका छन् । उपप्रमुखमा पनि एमाले अगाडि रहेको छ ।