२७ असोज, भक्तपुर । विराट् नेपालभाषा साहित्य सम्मेलन गुथीको ५५औँ साहित्य सम्मेलनमा ३५ भन्दा बढी साहित्यकारले बिहीबार आआफ्नो रचना प्रस्तुत गरेका छन् ।

lj/f6 g]kfn efiff ;flxTo ;Dd]ng u'lysf] laxLaf/ eQmk'/df ePsf] %% cf}+ ;flxTo ;Dd]ngsf] pb3f6g sfo{qmddf ;xefuLx? . tl:a/ M /Tg >]i7, /f;; .

‘जातीय स्वतन्त्रतालाई दबाएर राष्ट्रको उत्थान हुन सक्दैन्’ भन्ने मूल नारा बोकी ५५ वर्ष अगाडि स्थापित गुथीले हरेक वर्ष बडादसैँको एकादशी र द्वादशीमा भक्तपुर, काठमाडौँ, ललितपुर र काभ्रेका साहित्यप्रेमीको सहभागितामा सम्मेलन आयोजना गर्ने गरेको छ ।

सूर्यविनायकमा बिहीबार भएको कार्यक्रममा राजभाइ जकमी, शशिकला मानन्धर, कृष्णमोहन श्रेष्ठ, विमल ताम्राकार, नवीनप्रकाश श्रेष्ठ, सुलोचना सैंजु, पूर्ण वैद्य, डा आनन्द जोशी, स्नेह साय्मी, भवानी तुलाधर, नारद वज्राचार्य, पुष्प ताम्राकार लगायतले कविता वाचन गरेका थिए ।

यसैगरी गोविन्दमान श्रेष्ठ, विजयरत्न असंवरे, मीना वज्राचार्य, शरद कसा लगायतले चिनाखँ ‘लघुकथा’, रामनारायण प्रजापतिले निबन्ध, सौरभ शाक्यले मुक्तक, अनिश शाक्य लगायतले गजल प्रस्तुत गरेका थिए ।

कार्यक्रममा गुथीका पूर्वअध्यक्ष डा योगेन्द्र प्रधानले प्रवेशिका परीक्षा २०७२ मा नेपाल भाषा विषय लिई सर्वोत्कृष्ट अंक हासिल गर्ने मध्यपुरथिमि लाय्कूस्थित आदर्श उमाविका अनिता प्रजापतिलाई ‘नेपाल भाषा साहित्य पदक’ प्रदान गरेका थिए ।

सो अवसरमा डा पुष्पराज राजकर्णिकारले बहुभाषिक मुलुकमा सबै भाषा, धर्म, जाति, संस्कृतिको विकास नभई मुलुकको विकास हुन नसक्ने भएकाले सरकारले सबै भाषा, धर्म र संस्कृतिलाई सम्मान व्यवहार गर्नु जरुरी रहेको बताए ।

कार्यक्रममा गुथीका अध्यक्ष कृष्णभक्त बोडे, सचिव बाबुकाजी श्रेष्ठ, कोषाध्यक्ष हिरण्यप्रताप सांगामी र पूर्वअध्यक्ष त्रिरत्न शाक्य, आदर्श मावि लाय्कूका प्राचार्य विद्यादेवी चित्रकार लगायतले साहित्य उत्थानमा सबैको योगदान आवश्यक रहेको बताए ।