३ मंसिर, काठमाडौं ।

नेपालमा आइफोन सेभेन र आइफोन सेभेन ‘प्लस’ को बिक्री सुरु भएको छ । इभोस्टोरले औपचारिक रुपमा आइफोन सेभेन सार्वजनिक गर्दै आजबाट बिक्री प्रारम्भ गरेको हो । नेपाली बजारमा आइफोन सात को मूल्य ९१ हजारदेखि १ लाख ३७ हजारसम्म रहने छ । ग्राहकहरुले आइफोन किस्ताबन्दीमा पनि किन्न सकिने छ ।

iphone7

आइफोनका ५ रोचक फिचर, जुन पहिले सायद तपाईँलाई थाहा थिएन

आइफोनको स्टोरेज क्षमता अनुसार मूल्य पनि फरक फरक रहेको छ । ३२ जीबीको आइफोन सेभेनको मूल्य ९१ हजार पर्छ भने एक सय अठ्ठाइस जीबीको आइफोन सातको मूल्य १ लाख ५ हजार ५ सय रुपैयाँ रहेको छ ।

iphone 7 13269927

यसैगरी २ सय ५६ जीबी स्टोरेज क्षमताको मूल्य १ लाख १९ हजार ५ सय रुपैयाँ रहेको छ । आइफोन सेभेन र सेभेन प्लस ब्ल्याक, जेट ब्ल्याक, सिल्भर, रोज गोल्ड र गोल्ड गरी पाँच रंगमा उपलब्ध रहेको छ ।

आइट्यून्स र डाटा केबुल बिना नै आइफोनको फोटो कम्प्यूटरमा कसरी हेर्ने?

यसैगरी ३२ जीबीको आइफोन सेभेन प्लसको मूल्य १ लाख ८ हजार पर्छ भने १सय २८ जीवीको आइफोन सेभेन प्लसको मुल्य १ लाख २२ हजार ५ सय रुपैयाँ तोकिएको छ ।