madhav kumar nepal१० साउन, काठमाडौ । एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल पाँचदिने भ्रमणका क्रममा बुधबार भारत पुगेका छन् । पाँच दिने बसाईका क्रममा उनले उच्च राजनीतिक भेटघाट गर्ने बुझिएको छ ।

महासचिव ईश्वर पोखरेल र विदेश बिभाग सदस्य राजन भट्टराईका साथ भारत पुगेका नेता नेपालले आज भारतीय प्रधानमन्त्री मनमोहन सिंह तथा कांग्रेस आइकी अध्यक्ष सोनिया गान्धीसवग भेटवार्ता गर्ने भएका छन् । उनले यस क्रममा कांग्रेसका अन्य नेताहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा उनले राष्ट्रपति प्रणव मुखर्जी, सत्तारूढ र विपक्षी दलका नेता, विभीन्न पाँच कम्युनिष्ट पार्टीका अध्यक्षलगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको नेता नेपालका निजी सचिव मोहन गौतमले जानकारी दिएका छन् ।

भ्रमणका क्रममा नेता नेपालले नालन्दा विश्वविद्यालयको विषेश समारोहमा सहभागी हुने क्रममा बिहारका मुख्य मन्त्री नितिश कुमारसँग समेत भेट गर्ने बताइएको छ ।

भ्रमण पुरा गरी नेता नेपाल साउन १३ गते स्वदेश फर्कने छन् ।