१४ वैशाख, एजेन्सी।

पहिलो पटक भारतीय नागरिकले नेपालको स्थानीय चुनावमा भाग लिन पाउनसक्ने व्यहोराको खबर भारतीय मिडियामा छापिएको छ।

उत्तर प्रदेश र बिहारको सीमा क्षेत्र, जसलाई तराई क्षेत्रको नामले समेत चिनिन्छ, त्यहाँ बस्ने नागरिकहरुले नेपालको स्थानीय तहको निर्वाचनमा भाग लिन पाउनसक्ने सो खबरमा लेखिएको छ।

‘यो मुद्धामा मन्त्रीपरिषद्को निर्णय पश्चात, पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारले नेपालको निर्वाचन आयोगसंग छलफल गरेको छ।’ त्यसपश्चात मधेसीहरुसंग सहमति भएको स्रोतको दाबी गर्दै न्युज१८ वेबसाइटले लेखेको छ।

सीमा क्षेत्रमा बस्ने २५ प्रतिशत जनसङ्ख्यालाई यो आशिर्वाद हुने लेखिएको छ।

खबरमा अगाडी लेखिएको छ,
‘ बिहारको एक ठूलो क्षेत्र, जसलाई मिथिला पनि भनिन्छ, भारत-नेपाल सीमामा फैलिएको छ। यो क्षेत्र नेपालको संस्कृति तथा परम्पराले धेरै प्रभावित छ। नेपालको सीमा क्षेत्र नजिकका उत्तर प्रदेशको क्षेत्रमा युपीका चिफ मिनिस्टर योगी आदित्यनाथको घर पर्छ।’