दिनेश आचार्य ।

८ माघ, युएई । नेपालीहरुको बैदेशिक रोजगारीको एक प्रमुख गन्तव्यमा पर्ने युएई श्रमको खोजीमा युएई आईपुगेका नेपालीहरु पछिल्लो समय व्यापार व्यबसाय तिर निक्कै आकर्षित देखिएका छन । सुरक्षित लगानी र नेपालीहरुको बढ्दो जनसङ्ख्याले गर्दा नेपालीहरु प्रति लक्षित गरेर खोलिने व्यवसायमा रेस्टुरेन्ट व्यवसाय निक्कै राम्रो मानिन्छ।

यसैबिच युएईमा आज अर्को रेष्टुरेन्ट खुलेको छ । युएई स्थित नेपाली कार्यबाहक राजदुत नेत्र बहादुर टन्डनको प्रमुख आतिथ्यमा गल्फ स्पाइसी नेपाली रेस्टुरेन्टको उदघाटन भएको हो।

युएईको अजमान स्थित अल जुर्फ ३ सनैयामा झापा निवासी लक्ष्मण गीरीको लगानीमा गल्फ स्पाईसी नाम रहेको रेस्टुरेन्टको सुरुवात भएको हो ।

गिरीको उक्त रेस्टुरेन्टमा सबै प्रकारका नेपाली परिकारहरु पाउनुको साथै बिभिन्न लेबर क्यापहरुमा दैनिक ३००/४०० जना लाई क्यट्रिङको सेवा पनि दिदै आएको गिरीले बताए ।