१६ चैत, काठमाडौं । विभिन्न देशबाट नेपाल आएका विमानहरु अवतरण गर्न नसकेपछि आकाशमै घुमिरहेका छन् ।

अहिले दिल्लीबाट काठमाडौं आइरहेको एयर इण्डिया, मलेसियाको क्वालालाम्पुरबाट काठमाडौं आउँदै गरेको मलेसियन एयरलाइन्स र दिल्लीबाट काठमाडौं आउँदै गरेको जेट एयरवेजको विमान आकाशमै होल्ड भइरहेको हो ।

भिजिबलिटी पर्याप्त भएपनि उडान अवतरणको तालिका प्रभावित हुँदा ट्राफिक जाम भएको विमानस्थल स्रोतले बताएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसम खराब भएपनि भिजिबिलिटी ५ किलोमिटर रहेको जनाएको छ । अन्तर्राष्ट्रिय उडान अवतरणका लागि ३ किलोमिटर भिजिबिलीटी आवश्यक पर्छ ।