१९ साउन, काठमाडौं ।

विमान चढ्नेहरुलाई खुसीको खवर छ । नेपाली बायु सेवा कम्पनीहरुले आन्तरिक उडानमा हवाइ भाडादर घटाएका छन् । नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य घटाए लगत्तै बायु सेवा कम्पनीहरुले हवाइ भाडा घटाएका हुन् ।

आयल निगमले हवाइ इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर १५ रुपैयाँ घटाएर ११८ रुपैयाँ बनाएको थियो ।

NA Plane Koili

नेपाली वायुसेवा सञ्चालक संघको मंगलबारको बैठकले हवाई भाडा घटाउने निर्णय गरेको हो । घटेको हवाइ भाडा साउन २२ गतेदेखि लागु हुनेछ ।

कहाँको हवाइ भाडा कति ?

काठमाडौंबाट पोखरा रु. २५३.१३
काठमाडौंबाट धनगढी रु. ५८१.२५
काठमाडौंबाट विराटनगर रु. ३४६.८८
काठमाडौंबाट भरतपुर रु. १९६.८८
काठमाडौंबाट भद्रपुर रु. ४१२.५०
काठमाडौंबाट भैरहवा रु. ३०९.३८
काठमाडौंबाट जनकपुर रु. २२५
काठमाडौंबाट सिमरा रु. १६८.७५
काठमाडौंबाट तुम्लिङटार रु. ३०९.३८
विराटनगर तुम्लिङटार रु. १८७.५०