चर्चित टेलिभिजन च्यानल नेशनल ज्योग्राफिकको शाहसिक वर्ष व्यक्तिको उपाधी नेपाली धावक मिरा राईले जितेकी छिन्। अल्ट्रा म्याराथुन धाविका मिरा राई विश्वप्रसिद्ध टेलिभिजन च्यानल नेशनल जोग्राफीको एडभेन्चर अफ दी इयर २०१७ मा विजयी भएकी छिन् । नेशनल जोग्राफीका अनुसार उनी विश्वका दश असाधारण साहसिक सफलता प्राप्त गर्ने साहसीहरुको सूचिमा उनी अनलाईन भोटिङमार्फत पहिलो भएकी हुन् ।mira rai won national geographic adventure of the year

यो सूचिमा राईसहित १० जना मनोनयनमा परेका थिए । १२ वर्षदेखि सञ्चालन हुँदै आएको यो प्रतिस्पर्धामा अन्वेषण, साहसिक खेल, संरक्षण तथा मानवीय क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्तिहरूको नाम छनौट गरिन्छ ।

भोजपुरकी मीरा पूर्व माओवादी लडाकु हुन । समायोजन क्रममा अयोग्य ठहरिएपछि उनी खेलमा लागेकी थिइन । मीरा गत वर्ष फ्रान्समा सम्पन्न ८० किलोमिटरको विश्व म्याराथुनमा पनि पहिलो भएकी थिइन उनी हङकङमा भएको ५० किलोमिटरको एसियन च्याम्पियन, सन् २०१४ मा इटालीमा ५७ र नर्वेमा ८० किलोमिटरको अल्ट्रा म्याराथन च्याम्पियन भएकी थिइन ।

मिरा राईका बारेमा नेशनल ज्योग्राफिकले तयार पारेको भिडियो हेर्नुस