१५ चैत, काठमाडौं।

उपप्रधान एवंम स्थानीय विकास मन्त्री कमल थापाले फुटबल खेलाडीहरुमा पहिलेकै जस्तो उत्साह नभएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै उपप्रम थापाले ” १५ मि खेलहेर्न पाएँ। नेपाल ४-१ ले हारिरहेको थियो। नेपाली खेलाडीहरु उत्साहहिन देखें। हारेपनि अन्तिमसम्म भिडने नेपालीपन आज देखिन ” लेखेका छन्।

थापाको यो ट्विटको जवाफमा मन्त्री भएर पनि खेल क्षेत्रमा उल्लेख्य काम गर्न नसकेको भन्दै मन्त्री थापाको ट्विटरमा आलोचना गरिएको छ।

एएफसी एशियन कप २०१९ को छनोट अन्तर्गतको खेलमा नेपाल फिलिपिन्ससँग ४–१ ले पराजित भएको थियो ।

यस्तो छ थापाको ट्वीट:

यो पढ्नुस्:
एशियन कप फुटबलमा नेपाल फिलिपिन्ससँग ४–१ ले पराजित