६ वैशाख, काठमाडौं।

सामसुङको बहुप्रतिक्षित स्मार्टफोन ग्यालेक्सी एस ८ र एस ८ प्लस नेपालमा सार्वजनिक भएको छ ।

सामसुङ इण्डियाले काठमाडौंमा बुधबार एक कार्यक्रम बीच काठमाडौंमा दुवै स्मार्टफोन सार्वजनिक गरेको हो। बुधवार सार्वजनिक भएपनि नेपाली ग्राहकले २२ बैसाख पछि मात्र यी फोन पाउने कम्पनीले जनाएको छ ।

बुकिङ भने अहिले देखिनै खुला गरेको जनाइएको छ नेपाली बजारमा  एस ८ को मूल्य  ८८ हजार नौ सय रुपैयाँ र एस ८ प्लसको ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

कम्पनीले यी स्मार्टफोन खरिदमा ६ महिनासम्मको लागि बीमाको व्यवस्था समेत गरिएको छ ।  धेरै देशमा यसअघि नै सार्वजनिक भएको यो स्मार्टफोन पहिलेको एस ७ भन्दा राम्रो र गुणस्तरीय रहेको जनाइएको छ ।

के-के छन् विशेषता ?

ग्यालेक्सी एस ८ को स्क्रिन साइज ५.८ इन्च (१४.७ सेन्टिमिटर) र एस ८ प्लसको स्क्रिन साइज ६.२ इन्च (१५.७ सेन्टिमिटर) छ।

दुवै फोनमा अब होम बटन छैन।

१८:५:९ अनुपातको स्क्रिन भएको कारण दुई एप साइड बाई साइड चलाउन सहज हुने सामसुङले बताएको छ। जस्तो कि, स्क्रिनको एक साइडमा भिडियो हेर्दै अर्को साइडमा च्याटको लागि कुनै एप एकसाथ चलाउन सकिनेछ।

स्क्रिनको रिज्योलुसन पहिलेको जति नै छ, तर यसपटक स्क्रिन पहिले भन्दा बढी ब्राइट छ। यसले हाइ डायनामिक रेन्ज (HDR) सपोर्ट गर्छ। जसको कारण भिडियोको क्वालिटी बढ्नेछ।

ग्यालेक्सी एस ८ र एस ८ प्लसमा बिक्सबाई (Bixby) नामको एक नयाँ भर्चुअल असिस्टेन्ट इन्स्टल गरिएको छ। यो एप्पलको सिरी र विन्डोजको कोर्टाना जस्तै एप हो।

यो भर्चुअल असिस्टेन्ट साइडमा राखिएको बटनबाट चलाउनु पर्नेछ। यसको मद्धतले फोटो ग्यालरी, म्यासेज मौसम जस्ता १० एप आवाजको मद्धले (बोलेर) चलाउन सकिनेछ।

फोनको क्यामेराले देखेको वस्तु चिन्न पनि यो सफ्टवेयरको प्रयोग गर्न सकिन्छ।

क्यामेरा

अघिल्लो वर्ष लञ्च गरिएको फोनको तुलनामा यो पटक क्यामेरामा अझै सुधार गरिएको छ। यसको फ्रन्ट (सेल्फि) क्यामेरा ८ मेगापिक्सलको छ र अटोफोकसलाई सुधारिएको छ।

पछाडीको क्यामेरा १२ मेगापिक्सल छ।

कम्पनीले फोनको सेन्ट्रल प्रोसेसिङ युनिट (सिपीयू) १० प्रतिशत र ग्राफिक्स प्रोसेसिङ युनिट (जिपीयू) २१ प्रतिशतले बढी शक्तिशाली बनाइएको छ।