३ असोज, काठमाडौं ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपाली भाषा तथा साहित्यको विकासमा योगदान पु-याएबापत नौ जना स्रष्टालाई आज सम्मान गरेको छ ।

सम्मानित हुनेमा भद्रकुमारी घले, उषा ठाकुर, कुन्ता शर्मा, तोया गुरुङ, पद्मावती सिंह, भागीरथी श्रेष्ठ, उषा शेरचन, आचार्य प्रभा र ज्योति पौडेल रहेका छन ।

sahityakar samman

आज आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले अब नेपाली भाषाका महत्वपूर्ण कृतिलाई अङ्गे्रजी भाषामा अनुवाद गरी अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । प्राज्ञ उन्नति शिला बोहराले समाजका यथार्थलाई स्रष्टाले उजागर गर्नुपर्नेमा जोड दिए ।

समाजका अध्यक्ष राधेश्याम लेकालीले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय क्षेत्रमा लैजान तथा विदेशमा बसेर नेपाली भाषामा साहित्य सिर्जना गर्ने स्रष्टालाई संस्थाले सहयोग गर्दै आएको जानकारी गराए । सोही कार्यक्रममा लेकालीको ‘बहिष्करण’ तथा शारदा सुवेदीको ‘भोको पेट’ नामक कवितासङ्ग्रह विमोचन गरिएको थियो ।