शिशिर सिंखडा
१३ असोज, चितवन।

नेपालका प्रसिद्ध मूर्तिकारहरुको टोलीले जापानको क्युसुको कुमामोतोमा १८ मिटर अग्लो मूर्ति बनाउने काम थालेका छन् ।japan buddha statue from nepali  (5)

नेपालका प्रसिद्ध मूर्तिकार सूर्य ‘मध्यरात’ (चितवन), मञ्जुल ‘मितेरी’ (मोरङ), रामचन्द्र पण्डित (उदयपुर) र सानुभाइ विश्वकर्मा (काभ्रेपलाञ्चोक) ले सो १८ मिटर अग्लो बुद्धको मूर्ति बनाउन थालेका हुन ।japan buddha statue from nepali  (3)

जापानका व्यवसायी तथा समाजसेवी ओओसिमाको लगानीमा निर्माण हुन लागेको सो मूर्ति पाँच वर्षमा निर्माण सम्पन्न हुने प्रोजेक्ट मेनेजर दिलिप लामिछानेले जानकारी दिए ।japan buddha statue from nepali  (2)

४ वर्ष देखि जापानमा अध्ययनरत विद्यार्थी दिलिप लामिछाने मार्फत् सो मूर्तिकारहरु जापान गएका हुन् । करिब ५० अरब भन्दा बढी रकम लाग्ने प्रारम्भिक अनुमान गरिएको सो मूर्ति निर्माणमा आवश्यक पर्ने रकम समाजसेवी ओओसिमाले खर्च गर्ने लामिछानेले जानकारी दिए ।japan buddha statue from nepali  (4)

सो १८ मिटरको मूर्तिका साथै १३ मिटरको दुईवटा र ८ मिटरको चारवटा मूर्ति समेत निर्माण हुने लामिछानेले जानकारी दिए ।

चितवनका दिपक लामिछानेको सहयोगमा मूर्तिकारहरु जापान पुगेका हुन् । जापान पुगेका मूर्तिकारहरुलाई फुकुओका र कुमामोतो राज्यमा भव्य स्वागत समेत गरिएको थियो ।japan buddha statue from nepali  (1)

२१औं शताब्दीको नयाँ सम्पदाको रुपमा विकास गरिने सो स्थानमा बुद्धको मूर्ति बन्न लागेपछि सो राज्यका जापानीहरु र नेपाली समुदायहरु हर्षित भएका छन् । चितवनका प्रसिद्ध मूर्तिकार सूर्य ‘मध्यरात’ लगायतका मूर्तिकारहरु नेपालकै प्रख्यात मूर्तिकार हुन् । उनीहरुले बनाएका मूर्तिहरु नेपाल र नेपालीहरु माझ ज्यादै लोकप्रिय रहेका छन् ।