१२ मंसिर, काठमाडौं ।

उच्चदरमा पुगेर सामान्य उतारचढाव देखिंदै आएको अमेरिकी डलर भाउ रुपैंयाँसँग थप मजबूत भएको छ । अघिल्लो दिनको तुलनामा शुक्रबार प्रतिडलर विनिमयदर ३८ पैसाले बढेको हो ।

शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले प्रतिडलर विक्रीदर १ सय ६ रुपैंयाँ ८० पैसा निर्धारण गरेको छ । अघिल्लो दिन यस्तो विक्रीदर १ सय ६ रुपैंयाँ ४२ पैसा थियो । खुला बजारमा वाणिज्य बैंकहरुले भने प्रतिडलर १ सय ९ रुपैंयाँसम्मको विक्रीदरमा कारोबार गरेका छन् ।

dolor money

डलरको भाउ वढ्दा नेपालको निर्यात् व्यापार र रेमिट्यान्स आयमा वृद्धि हुनेछ भने विदेशबाट आयत गरिने वस्तुको मूल्य महँगो पर्न जान्छ । आयातमुखी अर्थतन्त्र भएका कारण डलरको भाउ बढेसँगै नेपालको नोक्शानी पनि बढ्ने गर्दछ ।