२९ वैशाख, काठमाडौं ।

सरकारले नेपाली सेनाको संरचना परिवर्तन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले दरवन्दी यथावत राख्दै सेनाको संरचना परिवर्तन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिए ।

त्यस्तै बैठकले सेना भित्रको राष्ट्रिय स्वयंसेवक दलमा पुरानो दरवन्दी यथावत राखेर तीन सय चालिस समायोजन गर्ने निर्णय गरेको उनले जानकारी दिए । मन्त्रीपरिषद बैठकले प्रदेश नम्बर दुईमा स्थानिय तहको संख्या थप गर्नका लागी अध्ययन गर्न उपप्रधानमन्त्री एवं बिजयकुमार गच्छदारको संयोजकत्वमा रक्षामन्त्री र कानुनमन्त्री रहने गरि तीन सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

कार्यदललाई ५ दिन भित्र रिपोट पेश गर्न भनिएको प्रवक्ता कार्कीले जानकारी दिए । यसअघि प्रदेश नम्बर दुईमा स्थानिय तहको संख्याका बिषयमा अध्ययन गरि रिपोर्ट पेश गर्न यसअघिका स्थानिय बिकासमन्त्री कमल थापाको संयोजकत्वमा समिति गठन गरिएको थियो ।

थापा सरकारबाट बाहिरिएपछि स्थानिय बिकासमन्त्री बनेका गच्छदारको संयोजकत्वमा पुन कार्यदल गठन गरिएको हो ।

यो पढ्नुहोस्:

शीर्ष नेता कसले कहाँ भोट हाल्छन् ?

ओली आकस्मिक रुपमा अस्पतालमा