४ वैशाख, सप्तरी  ।

सप्तरीको राजविराज नगरपालिका–१ स्थित गजेन्द्र चोकमा रहेको राष्ट्रिय वाणिज्य बैंक नजिक ओम श्री रोशन इम्पोरियम पसलमा फेला परेको सकेट बम नेपाली सेनाले आज निष्क्रिय गरेको छ ।

दुई दिनअगाडि पसलभित्र राखिएको सकेट बम फेला परेको सूचना पाएपछि राजविराजस्थित कृष्ण दल गणबाट सहसेनानी टीकासिँह बिष्टको नेतृत्वमा आएको नेपाली सेनाको टोलीले सो बमलाई निष्किृय गरेको सेनाले प्रहरीले जनाएको छ ।

ओम श्री रोशन इम्पोरियममा फेला परेको बम जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले राखेको जिम्मेवारी लिएको बताइएको छ ।

आगामी वैशाख ३१ गते हुने भनिएको स्थानीय निकाय तहको निर्वाचनलाई सशक्त र सशस्त्र विरोध गर्ने निर्णयअनुसार आर्थिक सहयोगको अपेक्षा राखी कार्यकर्ता पठाउँदा प्रहरीद्वारा पक्राउन षडयन्त्र गरेको भन्दै कारवाहीस्वरुप बम राखिएको प्रहरीको भनाइ छ । रासस