दिनेश अाचार्य
७ फागुन, युएइ ।
विश्वका विकासोन्मुख देशमा शिक्षाको सहज पहुँच पुयाउने उद्देश्यले दुबईमा रहेकाे सस्था ‘दुबई केयर्स’ले अाए एक कार्यक्रम गर्दै सडक र्याली गरेको छ । उक्त कार्यक्रममा युएईमा रहेका नेपाली समेतको सहभागीता रहेकाे थियाे । शिक्षाको लागि यात्रा (वाक् फर एडुकेशन) भन्ने नारा सहित सडक र्याली गरिएकाे हो ।

बिहान ८ बजेदेखि सुरुभएको सडक र्यालीमा नेपाली समुदाय युएई, विवेकशिल नेपाली दल (युएई), उदयपुर सेवा समाज (युएई), नेपाली कलाकार समूह (युएई), प्रभु बैंकका प्रतिनिधि लगाएतको सहभागीता रहेको थियो । र्याली दुबईको क्रिक पार्कबाट सुरु भइकाे थियाे । विश्वका धेरै देशका नागरिकहरुकाे सहभागिता रहेकाे उक्त र्यालीमा नेपाली स्वदेशी गान मादलकाे तालमा अघिबढेकाे र्यालीकाे छुट्टै पृथकता हुनुका साथै अन्यदेशका नागरिककाे समेत ध्यान अाक्रशित गरेकाे देखिन्थ्याे ।

युएइमा सञ्चालित प्राय सवै सामाजिक कार्यमा सक्रिय देखिने नेपाली समुदाय (युएई)ले गत वर्षदेखि ‘दुबई केयर्स’को कार्यक्रममा अाफ्नाे सकृय सहभागीता जनाउँदै आएको छ ।

अायाेजित उक्त कार्यक्रममन विवेकशिल नेपाली दल युएईका अध्यक्ष द्रोण जंग श्रेष्ठले र नेपाली समुदाय युएईका अध्यक्ष बिदुर राउतलेनेपालका ग्रामीण भेगमा अझैसम्म पनि थुप्रै नागरिक शिक्षाबाट बन्चित रहेकाले यस्ता कार्यक्रममार्फत यहाँको सरकार तथा विश्व समुदायको ध्यान नेपालको शिक्षा क्षेत्रमा केन्द्रीत गर्न खोजेको बताए ।

विश्वका विभिन्न विकासोन्मुख देशमा शिक्षाबाट बन्चित रहेकाबच्चाहरुलाई दुबई केयर्सले सहयाेग गर्ने गर्दछ । दुवइ केयर्सले नेपालमापनि हरेक वर्ष ठूलो रकम अनुदान सहयोग गर्दै आएको छ ।