२३ भदौ, काठमाडौं । नेपाली रियालिटी शो नेपाल आईडल विरुद्ध परेको मुद्दा खारेज भएको छ । दुवै पक्षको बहस सुनेपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिवकर भट्टको इजलासले निवेदकको दाबी नपुगेको भन्दै रिट खारेज गरिदिएको हो ।

भोटका आधारमा गएको हप्ता कसैलाई पनि आउट नगरेपछि अदालतमा मुद्दामा परेको थियो । आयोजकले राख्न खोजेको प्रतिष्पर्धि कम भोटका आधारमा बाहिरिने भएपछि आयोजकले षड्यन्त्र गरेर कसैलाई पनि नहटाएको भन्दै यज्ञमणी न्यौपानेले मुद्दा हालेका थिए ।

रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले आज दुबै पक्षको कुरा सुनेर निर्णय सुनाउने भन्दै भोट गणना नगर्न आदेश दिएको थियो ।