१ मंसिर, काठमाडौं । १९ वर्षमुनीको एसीसी क्रिकेटको सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग ७ विकेटले पराजित भएको छ ।
टस हारेर पहिला ब्याटिङमा आएको नेपाल २८ ओभरमा १ सय ३ रनमा समेटियो ।

१ सय ४ रनको लक्ष्य अफगानिस्तानले २० दशमलब ३ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्यायो । यसअघि मलेसियाको किन्रारा ओभल मैदनामा टस हारेर पहिला ब्याटिङमा आएको नेपालका लागि अनिलकुमार साहले सर्वाधिक ५० रनको योगदान गरे भने बाँकी कुनै खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

पवन सर्राफले ८, सन्दिप लामिछाने र साहव आलमले समान ७/७, कप्तान दिपेन्द्र सिंह ऐरी र भीम सार्कीले समान ६/६, रोहित कुमार पौडेल ४ र जितेन्द्र सिंहले १ रन जोड । आसिफ शेख, कमल सिंह ऐरी र किशोर महतो शून्य रनमै पेभेलियन फर्किए ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा अफगानिस्तानका मुजिब उर रहमान एक्लैले ६ विकेट लिए । नेपाल पहिलो पटक यो प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । अफगानिस्तानले अब उपाधिका लागि पर्सि हुने फाइनलमा पाकिस्तानको सामना गर्नेछ ।