८ फागुन, काठमाडौं।

नेपाल टेलिकमले १ सय ५५ दरबन्दीमा कर्मचारी माग गरेको छ। टेलिकमले निकालेको सूचनामा सबैभन्दा बढी ४० जना टेलिकम इन्जिनियर (इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन) को पदको लागि इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आह्वन गरिएको छ। त्यस्तै ३१ जना टेक्निसियन, २५ जना जुनियर टेक्निसियन, १३ जना टेलिकम इन्जिनियर (कम्प्युटर), १२ जना सिभिल इन्जिनियर र ७ जना टेलिकम इन्जिनियर (इलेक्ट्रिकल)को लागि पदपूर्ति आह्वान गरिएको छ।

nepal-telecom building

उपप्रबन्धक, वरिष्ठ प्रशासकीय अधिकृत वरिष्ठ लेखा अधिकृत लगायत सहायक प्रशासकिए अधिकृत, सहायक व्यापार अधिकृतको पदको लागि दरखास्त आह्वान गरिएको छ।

फागुन ८ देखि चैत ७ गतेसम्म र दोब्बर दस्तुर तिरी चैत १४ गतेसम्म दरखास्त बुझाउन सकिनेछ।

काठमाडौं उपत्यकाको हकमा ललितपुर, पुल्चोक स्थित साझा यातायात भवनमा रहेको यस कम्पनीको ग्राहक सेवा केन्द्र र उपत्यका बाहिरको हकमा कम्पनीका क्षेत्रीय निर्देशनालयहरु बिराटनगर, बीरगंज, भैरहवा, नेपालगंज र अत्तरिया धनगढीमा दरखास्त बुझाउन सकिनेछ।

अधिकृतस्तर तह १० को लागि दरखास्त दस्तुर एक हजार, तह ८ र ९ को लागि ८००, ६ र ७ को लागि ७०० सहायकस्तर तह ४ को लागि ५०० र तह ३ को लागि ३०० लाग्नेछ।

विस्तृत विवरणको लागि एनटिसीको वेबसाइट हेर्नुहोस्।