काठमाडौं । अब नेपाल टेलिकमको नम्बरबाट परिवार तथा साथी-भाईसँग सस्तो मुल्यमा कुराकानी गर्न सकिने छ । नेपाल टेलिकमले ‘फ्रेन्ड्स एन्ड फ्यामिली’ (FAN) कल सेवा ल्याएको छ । यो सेवा अन्तर्गत पोस्ट–पेड तथा प्रि-पेड प्रयोगकर्ताले सस्तो मूल्यमा कुराकानी गर्न सक्नेछन् ।

nepal_telecom

तर, यो सेवाका लागि प्रयोगकर्ताले ५ वटासम्म नेपाल टेलिकमको नम्बर राख्न सक्नेछन् । यसरी सेवा सुचारु गर्नुहोस् ।

पहिलो नम्बरका लागि – FNFSUB*No1(राख्न चाहेको नम्बर) टाइप गरी १४१५ मा send गर्ने

दोस्रो नम्बरका लागि – FNFSUB*No2(राख्न चाहेको नम्बर) टाइप गरी १४१५ मा send गर्ने (बाँकी ३ वटाका लागि पनि यही तरिका अपनाउने)

एफएनएफ सेवामा राखिएको नम्बर परिवर्तनका लागि – FNFMOD*OLD No(पुरानो नम्बर)*New No(नयाँ नम्बर) टाइप गरी १४१५मा send गर्ने

एफएनएफ सेवामा राखिएको नम्बर डिलिट गर्नका लागि –  FNFDEL*No टाइप गरी १४१५मा send गर्ने

र एफएनएफ सेवामा राखिएको नम्बर जानकारीका लागि – FNFINQ टाइप गरी १४१५मा send गर्ने