नवौं महाधिवशनबाट एमालेले पार्टीभित्र गुटको अन्त्य भएको भएको घोषणा गरेपनि पार्टीभित्र नेतृत्वदेखि तत्लो कमिटीसम्म अहिले पनि विवाद कायमै रहेको छ । केपी ओली नेतृत्वमा सरकारमा रहदा उत्कर्षमा पुगेको एमालेको विवाद अहिले पुनः सतहमा आएको छ ।

यो पढ्नुस : ओली थाइल्याण्ड गएपछि एमालेमा भाडभैलो, वामदेवले बोलाए आकास्मिक बैठक

पार्टीका अधिकांश कमिटीमा संस्थापन पक्षले एकलौटी रुपमा पेलेर जान खोजेपछि माधव नेपाल पक्षले असन्तुष्टि जनाएको छ । संस्थापन पक्षकै कारण काठमाडौं जिल्ला कमिटीको अधिवेशन सात बर्षदेखि हुन नसकेको आरोप नेपाल पक्षले लगाएको छ । तर संस्थापन पक्षले तीन नम्बर प्रदेशको इन्चार्जको कारण जिल्ला अधिवेशन हुन नसकेको बताएको छ । यसै विषयमा नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठसँग नेपाली हेडलाइन्सले गरेको कुराकानीः–

समानान्तर कमिटी गठन भएको छैन

काठमाडौंमा एमालेको समानान्तर जिल्ला कमिटी गठन भएको छैन् । कृष्ण राईको अध्यक्षतामा ८७ सदस्यी जिल्ला कमिटी छ त्यो नै वैधानिक हो । समानान्तर जिल्ला कमिटी गठन भएको हो भने अध्यक्ष, उपाध्यक्ष सचिव सहित ८७ सदस्य कमिटी हुनुपर्ने हो । यो हल्ला हो । यसमा कुनै सत्यता छैन् । चुनावी कार्यक्रममा अगुवा कार्यकर्ता भेलामा वरिष्ठ नेता झलनाथ खनाल र नेता माधव नेपाल सहभागी भएका हुन् ।

समानान्तर कमिटी गठन भएको हो भने अध्यक्ष को त ? जिल्ला अधिवेशन गर्न नदिने अनि अवैधानिक भन्न मिल्छ ?

काठमाडौ जिल्ला कमिटीमा कृष्ण राई अध्यक्ष हुन् । कृष्ण राईको जिल्ला कमिटीलाई अवैधानिक भन्न मिल्दैन । पार्टी विधि र प्रक्रियाले चल्छ । तीन नम्बर प्रदेशले सम्मेलन गर्न नदिने अनि अवैधनिक भन्न मिल्छ ? काठमाडौंका अध्यक्ष निर्मल कुइँकेललाई आर्थिक अनियमिततामा अख्तियारले मुद्दा चलाएपछि नैतिक रुपमा राजीनामा दिएपछि उपाध्यक्ष कृष्ण राईलाई कार्यवहाक अध्यक्ष बनाइएको थियो । कुइँकेललाई अदालतले ग्रिन चिट दिइसकेको छ । नयाँ संरचना अनुसार अहिले सात प्रदेशको संरचनामा प्रवेश गरेका छौं । केही प्राविधिक समस्याले सात बर्षदेखि जिल्ला अधिवेशन हुन नसकेको हो ।

कृष्ण राईले नमानेको कहाँ हो र ?

तीन नम्बर प्रदेशले सम्मेलन पनि नगर भनेपछि कृष्ण राईले मात्र गर्नु ? सम्मेलन रोक्दाको समस्या हो । सात बर्षसम्म अधिवेशन हुन नसकेको मात्र राई दोषी छैनन् ।

निर्वाचनको बेला पार्टीले अहिले अधिवेशन गर्नु भन्दा पनि मिलाएर जाने उदेश्यले नयाँ विधि अपनाएको हुन सक्छ । तत्काल अधिवेशन गर्नु भन्दा तीन नम्बर प्रदेशले ३८ जना जिल्ला कमिटीमा सदस्य थप्ने काम गर्यो । अहिले जिल्ला कमिटी १ सय २५ सदस्यीय बनाइएको छ । कृष्ण राईले नमान्नेको कहाँ हो र । जिल्ला कमिटीलाई वैधानिकता दिने कृष्ण राईले होइन । प्रदेशले गर्ने कि स्थायी समितिले गर्ने भन्ने कुरा बुझ्नु पर्यो नि ।

मुल ढोकाबाट छिडनु पर्यो झ्यालबाट होइन

पार्टीभित्र कुरा नै नबुझी हल्ला गर्ने प्रचलन छ । काठमाडौंको विवाद प्रदेश कमिटीले मिलाउदै छ । थपिएका ३८ जनाको सपथ हुनु पर्यो । पार्टी अध्यक्ष कृष्ण राईले अनुमोदन गर्ने होइन । थपिएकाहरुको औपचारिक अनुमोदन गर्ने विधि र प्रक्रिया छ । पार्टी नीति विधि र प्रक्रियाले चल्छ । सबै मुल ढोकाबाट छिर्नु पर्यो । झ्यालबाट छिर्नु भएन ।

बहाना बनाएर अविधेशन टार्नु हुँदैन

पार्टीलाई संस्थागत ढंगले चलाउन तोकिएकै समयमा सम्मेलन गर्नुपर्छ । अनेक बहानामा सम्मेलन टार्नु हुँदैन । केही खालका समस्या भएको कारण अधिवेशन गर्न नसकिएको हो । समस्या माथि छ । माथि आन्तरिक समस्या छ । आवश्यकता पर्दा कृष्ण राई जिल्ला सम्मेलन गर्न तयार छन् । पार्टीले निर्देशन दिए एक साताभित्र सम्पन्न गर्न सकिन्छ । जुन ठाउँबाट रोकेको छ त्यही ठाउँबाट गर भन्नु पर्यो ।

EXCLUSIVE INTERVIEWअरु देशले नेपालीलाई पीडा दिएको हामीलाई मन पर्दैन: चीन