१३ भदौ, काठमाडौं ।

कैलालीमा प्रहरी अधिकारीहरु मारिने गरी भएको घटनापछि तराइ क्षेत्रका विभिन्न स्थानमा प्रहरी चौकी स्थानान्तरण गरिएपछि चलेको चर्चा गलत भएको भन्दै नेपाल प्रहरीले यो स्थानान्तरण अस्थायी भएको स्पष्ट पारेको छ ।

कैलाली घटनापछि यी नेता गायव छन्

आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै नेपाल प्रहरी प्रधान कार्यालयले हाल कतिपय क्षेत्रमा दंगाग्रस्त क्षेत्र घोषणापछि शान्ति सुरक्षा कायम गर्ने क्रममा प्रहरी चौकी स्थानान्तरण गरिएपनि त्यस्तो स्थानान्तरण अस्थायी मात्र भएको र सुरक्षाको अवस्था सुद्धृढ हुनासाथ पुनस्थापित गरिने जानकारी दिएको छ ।

यस अघि आन्दोलनले उग्ररुप लिँदै गएपछि विभिन्न जिल्लामा प्रहरी चौकीलाई सारिएको थियो ।

Nepal Police notice on Police bit shift

तर असुरक्षित अवस्थामा प्रहरी चौकी सार्दा मानिसहरु झनै असुरक्षित बनेको भन्दै आलोचना भएपछि प्रहरीले स्पष्टीकरण दिँदै विज्ञप्ति प्रकाशित गरेको हो ।