१८ मंसिर, वीरगन्ज । यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई दृष्टिगत गरी बारा, पर्सा र रौतहट जिल्लाका नेपाल भारत सीमानाका ७२ घण्टाका लागि बन्द गरिएको छ ।

आज राति १२ बजेदेखि बन्द हुने नाका मंसिर २१ गते राति १२ बजेदेखि खुल्नेछ । पर्साका प्रजिअ विनोदप्रकाश सिंहका अनुसार निर्वाचनलाई शान्तिपूर्ण सम्पन्न गर्नका लागि सीमापारिबाट हुने आपराधिक गतिधि नियन्त्रण गर्न सीमा बन्द गरिएको जानकारी दिए ।