१२ भदौ, काठमाडौं ।

मलेसियामा जारी १९ वर्ष मुनिको एसिसी प्रिमियर लिग क्रिकेटमा नेपाल र अफगानिस्तानबीच खेल जारी छ । अहिले टस जितेर नेपालले ब्याटिङ गरिहेको छ ।

नेपालले हिजाको पहिलो खेलमा युएईलाई १ सय ४९ रनले हराउँदै उत्कृष्ट सुरुवात गरेको थियो । अफगानिस्तान साविक विजेता पनि हो । प्रतियोगितामा नेपाल र अफगानिस्तानसँगै युएई, मलेसिया र साउदी अरेबिया सहभागी छन् ।

nepal vs afganistan

नेपाली टोलीका लागि यो प्रतियोगिता युवा विश्वकपको तयारीका रुपमा रहेको छ । प्रतियोगिताको शीर्ष तीनमा रहने टीमले आउँदो अक्टोबर महिनामा हुने १९ वर्षमुनिको एसिया कपमा खेल्न पाउने छन् । १९ वर्षमुनिको विश्वकप छनौट प्रतियोगिता आउँदो अक्टोबर १४ देखि २३ सम्म मलेसियामै हुँदैछ ।