१२ असार, काठमाडौं । एशियन प्रिमियर लिग (एपीएल) क्रिकेटमो नेपाल स्ट्रोमले इण्डियन स्टार्सलाई ४ विकेटले हराएको छ । इण्डियन स्टार्सले दिएको १ सय ७३ रनको लक्ष्य नेपालले १६ दशमलब २ ओभरमै ६ विकेट गुमाएर भेट्टायो ।

त्रिवी क्रिकेट मैदान किर्तिपुरमा भएको खेलमा यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको इण्डियन स्टार्सले ब्याटिङ गर्दै ३ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको थियो ।

यो सँगै नेपालले लगातार तेस्रो जित दर्ता गरेको छ भने इण्डियन स्टार्सले सबै तीन खेल हारेको छ ।