९ चैत, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा महत्वपूर्ण उपलब्धि हासिल भएको छ । मंगलबार देखि नेपाल चीनको महत्वपूर्ण परियोजना सांघाई को-अपरेशन अर्गनाइजेशनको डायलग पार्टनरमा सदस्य भएको छ ।

मंगलबार बेइजिङमा नेपालले सदस्यता लिएको समझदारी पत्रमा हस्ताक्षर भएको हो । चीनले क्षेत्रीय विकासको अवधारणा अघि बढाउन सांघाई को-अपरेशन अर्गनाइजेशन स्थापना गरेको हो ।

नेपालका परराष्ट्र सचिव शंकर बैरागी र चीनको तर्फबाट सांघाई कोअपरेशन अर्गनाइजेशनका महासिचवले हस्ताक्षर गरेपछि नेपाल औपचारिकरुपमा उक्त संगठनको सदस्य भएको छ ।

KP Oli china president 23389411

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र उनका चिनियाँ समकक्षी लि खछ्याङ्को उपस्थितिमा भएका केरूङ काठमाडौं तथा काठमाडौं-पोखरा-लुम्बिनी रेलमार्ग निर्माण, नेपाल चीनबीच ट्रान्समिसन लाइन निर्माण, माथिल्लो अरूण परियोजनाको निर्माणलगायतका विषयहरू संयुक्त बक्तब्य भोलि आउने बताइएको छ ।

चीनसँग भएको सम्झौताबारे भारत बोल्यो

चीनसँगको पारवहन सम्झौता तेस्रो विश्वका लागि नयाँ सन्देश

नेपाल र चीनबीच यातायात पारवहन सम्झौता सहित स्वतन्त्र व्यापार सम्झौता पनि भएको छ । त्यस्तै चीनले नेपाललाई सहुलियत ऋण प्रदान गर्ने भएको छ ।

पोखरामा निर्माण हुन लागेको विमानस्थलका लागि चीनसँग ऋण सम्झौता पनि भएको छ । साथै चीनले नेपालमा ग्यास तथा तेल अन्वेषणमा सहयोग पुर्‍याउन सहमति जनाएको छ । त्यस्तै हिल्सा पुल निर्माण गर्न पनि चीनले सहयोग गर्ने सहमति भएको छ । द्धिपक्षिय छलफल र सम्झौताको संयुक्त वक्तव्य बुधबार मात्र आउने छ ।