२७ असोज, काठमाडौ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत छैठौं चरणको खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको छ ।

विश्वकप छनौटमा स्थान बनाउनका लागि आज जित्नै पर्ने खेल हारेपछि नेपालको यात्रामा धक्का पुगेको छ । टस हारेर पहिला ब्याटिङमा आएको हङकङले निर्धारित ओभरमा सबै विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो ।

नेपालका सन्दिप लामिछानेले ३, बसन्त रेग्मी र करण केसीले समान २ र सुसन भारीले एक विकेट लिएका थिए । जवाफी ब्याटिङमा आएको नेपाल ३४दशमलब ५ ओभरमा १ सय ११ रनमै अलआउट भयो ।

नेपालका कप्तान पारस खड्का २६, आरिफ शेखले २३ र ज्ञानेन्द्र मल्लले २१ रन बनाए । नेपालले हङकङसंगको दोस्रो खेल पर्सि आईतवार खेल्नेछ ।