१४ चैत, काठमाडौं । एसीसी इमर्जिङ नेसन्स कप अन्तर्गत आज नेपालले आफ्नो पहिलो खेल टेष्ट मान्यता प्राप्त राष्ट्र पाकिस्तानको अन्डर–२३ टोलीसँग खेल्दैछ । बंगलादेशको कोक्स बजार क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान पौने नौ बजे सुरु हुने छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदानमा उत्रन लागेको नेपाली टोलीका लागि आजको खेल चुनौतिपुर्ण मानिएको छ ।

एक महिना अघि शल्यक्रिया गरेका नियमित कप्तान पारस खड्का अनुपस्थित छन् । नेपालका प्रमुख तीन बलरहरु सोमपाल कामी, शक्ति गौचन र बसन्त रेग्मीलाई पनि नेपालले आराम दिएको छ । तुलनात्मक रुपमा पाकिस्तानको टिम बलियो भएपनि आफ्नो पछिल्लो खेलमा केन्या विरुद्ध राम्रो प्रदर्शन गरेको नेपाली टिमको पनि हौसला उच्च छ ।

ठिक पौने ९ बजे खेल लाइभ हेर्नका लागि तलको लिंकमा जानुहोस