चर्चित यौन मनोवैज्ञानिक एन्जेला ग्रेगर मान्छिन् कि ठूलो सङ्ख्यामा युवा पुरुषले पोर्नोग्राफी हेर्ने गरेका छन्, जसको कारण उनीहरुको स्वास्थ्यसंग जोडिएको समस्या बढेको छ।female bbc 19261878

ग्रेगरको अनुसार पोर्नोग्राफी हेर्ने युवाहरुमा सेक्ससंग जोडिएको समस्या बढ्दै गएको छ।

यहि मुद्धामा बेटनी म्याडोनाल्ड नामकी एक २४ वर्षिय युवती भन्छिन्, ‘केवल पुरुषमा मात्र अनलाईन पोर्नोग्राफीको असर भइरहेको छेन। मलाई पनि यसको बानी परेको थियो र यसैको कारण शारीरिक सम्बन्ध बनाउन सकिरहेकी थिइन।’

उनी भन्छिन्, ‘एक संयोगले कारण मैले ९ वर्षको उमेरमा पहिलो पटक पोर्नोग्राफी हेरेकी थिए। त्यसपश्चात टीन एज अनि फेरी युनिभर्सिटीसम्म मलाई यस्तो बानी लागिसकेको थियो कि दिनमा दुई-तीन पटक पोर्नोग्राफी हेर्न थाले। मलाई यसको अलावा अन्य केही राम्रो लाग्दैनथ्यो।’

उनी अगाडी भन्छिन्, ‘पोर्नोग्राफीबाट सेक्स अनि सन्बन्ध बनाउने बारे ९ बर्षको उमेरमै मलाई जानकारी मिल्यो। त्यसैले मैले बुझ्न सकिन कि अन्य सामु कसरी प्रस्तुत हुनुपर्छ, कस्तो देखिनु पर्छ।’

‘मैले केही पनि बुझ्न सकेकी थिइन, यो सबै निकै डरलाग्दो थियो।’

उनी भन्छिन् कि पोर्नको कारण उनलाई स्वस्थ सम्बन्ध बनाउन अप्ठ्यारो भयो, असहज परिस्थितीको सामना गर्नु पर्यो। बीबीसीको सहयोगमा

यो पनि पढ्नुस्।
के तपाईँलाई पोर्न भिडियो हेर्ने लत लागेको छ?
विश्वमै सर्वाधिक धनी टप-१० पोर्नस्टार सुन्दरी (तस्विर सहित)