५ माघ, काठमाडौं । विरोधका बीच उच्च अदालतमा भएको न्यायाधीश नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

supreme-court-of-Nepal

अधिवक्ता रक्षाराम हरिजनसहित ४ जनाले न्याय परिषद्लाई विपक्षी बनाएर रिट दायर भएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले बताए । रिटमा न्यायाधीश नियुक्त गर्ने न्याय परिषद्को निर्णय समानुपातिक समावेशीको सिद्धान्त विपरीत रहेको जिकिर गरिएको छ । रिटको सुनुवाई भोलीलाई तोकिएको छ ।

न्याय परिषद्ले पुस २८ गते मध्यरातमा उच्च अदालतमा नियुक्तीको निर्णय गरेका ८० जना न्यायाधीशले आजै सपथ लिएका छन् । न्याय परिषदलाई विपक्षी बनाईएको रिटमा ‘न्याय परिषदको न्यायाधीश पदमा नियुक्तिको लागि सिफारिसको निर्णय र सम्बन्धित सम्पूर्ण काम कारबाहीलाई नेपालको संविधानको धारा १ सय ३३ (२) र (३) बमोजिम उत्प्रेषणको आदेशले बदर गरी पाउँ’ भनिएको छ ।

नवनियुक्त ८० जना न्यायाधीशले भने आज सपथ लिइसकेका छन् ।