२० मंसिर, एजेन्सी ।

न्युजिल्याण्डका प्रधानमन्त्री जोन कीले राजीनामाको घोषणा गरेका छन । उनले साप्ताहिक रुपमा हुने पत्रकार सम्मेलनको क्रममा पारिवारिक कारण देखाउँदै राजीनामाको घोषणा गरेका हुन ।

न्यूजिल्याण्डका प्रधानमन्त्रीले ट्रम्पको फोन नउठाएपछि. . .

साप्ताहिक सम्बोधनका क्रममा प्रधानमन्त्री किले कुनै पनि कामका लागि आफ्ना सबैभन्दा नजिकहरुबाट ठूलो त्यागको आवश्यकता पर्ने भन्दै पद छाड्ने निर्णय सुनाए ।जोनले डिसम्बर १२ मा औपचारिक रुपमा राजीनामा दिने बताएका छन ।

new-zealand-prime-minister-john-key

प्रधानमन्त्री कीले श्रीमतीको आग्रहमा राजीनामा दिएको न्युजिल्याण्ड हेराल्डले उल्लेख गरेको छ ।आठ वर्षदेखि न्युजिल्याण्डको प्रधानमन्त्री रहेका कीले राजीनामाको घोषणा गर्दै यो निर्णय आफ्नो जीवनको सबैभन्दा कठिन भएको बताएका छन् ।

के गर्ने भन्ने विषयमा भने केही सोचिनसकेको कि ले बताएका छन । उनले सन २०१४ को सेप्टेम्बरमा सम्पन्न नेशनल पार्टीको चुनावमा तेस्रो कार्यकालका लागि पनि विजय हासिल गरेका थिए ।