एजेन्सी ।
न्युयोर्क आर्किटेक्चरल फर्मले एक नया घुमाउरो यु आकारको विश्वको सबैभन्दा लामो भवन अर्थात टावर निर्माण गर्ने भएकोे छ । यसको नाम ‘द विग वेन्ड ‘ रहनेछ । लम्वाई ४ हजार फिट तथा १ दशमलव २२ किलोमिटर तय गरिएको छ । यसको टुप्पामा यु आकारको मोड बनाइने छ । यो टावर हालसम्मकै अग्लो दुवइमा रहेको वुर्ज खलिफा भन्दा ठुलो हुने बताइएको छ ।

यस भवनको चौडाई कति पातलो गर्ने भन्नेबारे भने हालसम्म खुलाईएको छैन । हरेक कुरा नयाँ तरिकाले बनाइने यस भवनको लिफ्ट पनि यु आकारबाट नै सञ्चालन हुने बनाइएको छ । जुन ग्लास लाइनको माध्यमबाट तेस्रो र ठाडो चल्नेछ ।

‘द विग वेन्ड ‘को निर्माण सेन्ट्रल पार्क नजिकै विलीनेयर रो मा हुनेछ । जहाँ शहरभरिका कैयौ सुविधासम्पन्न भवनहरु निर्माण गरिएका छन् ।

यो पनि पढ्नुहोस्

दुबईमा विश्वको सबैभन्दा अग्लो घुमेको घर…(फोटोसहित)
दुबइमा मात्र देख्न पाइने ९ अनौठा दृश्य
दुबईमा उड्दै ड्राइभरबीनाको पहिलो ‘फ्लाइङ ट्याक्सी’