कोपीला पन्थ
२० मंसिर, क्राइष्टचर्च ।

न्युजिल्याण्डको क्राइष्टचर्चमा हरेक वर्ष आयोजना हुने सान्टा परेडमा यसवर्ष नेपालीहरुले पञ्चेबाजा र नेपाली संस्कति झल्किने झाँकि सहित सहभागिता जनाएका छन् ।

विगत सत्तरी वर्ष देखि हरेक वर्ष डिसेम्बर महिनामा आयोजना हुदै आएको परेडमा नेपाली समुहले गतवर्ष देखि सहभागिता जनाउन लागेको हो ।

santa-parade-in-new-zeland-1

क्यान्टवरी नेपाली सोसाइटीका अध्यक्ष विष्णु पोखरेलले गत वर्ष पहिलो पटक आफुहरुले नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाएको जानकारी दिनुभयो । यसवर्ष भने क्राइष्टचर्चमा क्रियाशिल नेपालीहरुको दुइ संस्थाले भिन्दाभिन्दै सहभागिता जनाएका थिए ।

आइतवार आयोजित परेडमा क्याटवरी नेपाली सोसाइटीले पञ्चेबाजा, नेपाली भेषभुषा सहित झाँकी प्रदर्शन गरेको थियो भने अर्को संस्था नेपाल न्युजिल्याण्ड फेष्डसिप सोसाइटीले बौद्ध स्तुपा, लाखे नाच र नेपाली संस्कृतिको प्रदर्शन गरेको थियो ।

नेपालीहरुको संस्कृति र पहिचान झल्किने प्रदर्शन र नेपाली झण्डा यति धेरै विदेशीमाझ देखाऊनु राम्रो भए पनि दुइ समुहमा बाँडिएर प्रस्तुत हुदा खल्लो लागेको एक नेपाली दर्शक बबिता खनालले बताइन ।

santa-parade-in-new-zeland

१.९ किलोमिटर दुरीको परेडमा कुल १३० समुह ले सहभागिता जनाएका थिए । वर्षको ठुलो मानिने परेडका झाँकीहरु हेर्न सडकको दुबै तिर दशौ हजार दर्शकहरु उपस्थित थिए ।

परेडमा पुराना प्रविधि र सामग्री, क्रिसमस सम्बन्धित गितसंगित, विभिन्न देशको संस्कृति झल्काउने झाँकी, जनावर र अन्य रमाइला अनि अनौठा साजसज्जा प्रस्तुत गरिन्छ ।