एजेन्सी । बलिउडका उत्कृष्ट अभिनेत्रीहरु दिपिका पादुकोण र प्रियंका चोपडा न्यूयोर्कस्थित एक फेसन वीकमा सहभागी देखिएका छन् ।

अन्तराष्ट्रिय शुभचिन्तकलाई आफ्नो फिल्म तथा टिभि शोमार्फत् प्रभावित गरेका दिपिका र प्रियंका न्यूयोर्क फेसन वीकमा सहभागी भएका हुन।

प्रियंका चोपडा नेपाली डिजाइनर प्रबल गुरुङको फेशन शोमा सहभागी हुन पुगेकी थिइन् भने दीपिका पादुकोणले पनि डिजाइनर राल्फ लोरेल शोको हिस्सा पुगेकी थिइन् । यस शोको थिम महिला सशक्तिकरण रहेको थियो ।

प्रियंका चोपडा गौरवको शोका लागि एक ‘ट्याक्स्ड टप’ र ‘हेम स्कर्ट’ पहिरनमा देखिएकी थिइन् । प्रियंका शोको पहिलो पंतिमा हिलारी क्लिंटनको सल्लाहकार बनिसकेकी हुमा आब्दिनजस्ता चर्चित महिलाहरुसँग बसिरहेको देखिइन् ।